पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ सिल्मीका सुवेदी परिवारले आफ्नै लगानीमा प्रतिक्षालय निर्माण गरेका छन् ।
सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक खण्ड अन्तर्गत गैराघर नजिकै प्रतिक्षालय निर्माण गरेका हुन् ।
सडक खण्डमा आवत जावत गर्ने यात्रुहरलाई सवारी साधन कुर्न र सहज तवरवाट यात्रा गर्न सकुन भन्ने उद्धेश्यले प्रतिक्षालय निर्माण गरिएको हो । सुवेदी परिवारका पितृहरु चन्द्रमणी सुवेदी, जैसबरी सुवेदी, रत्नाखर सुवेदी, अक्षरा सुवेदी, सावित्रि सुवेदी, जिवाखर सुवेदी, पार्वती सुवेदी, रामचन्द्र सुवेदी, शुकुदेव सुवेदीको सम्झनामा प्रतिक्षालय निर्माण गरिएको परिवारका सदस्य दया सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्षालय निर्माणका लागि स्वर्गिय मंगला पाध्या, स्वर्गीय राधिका पाध्या, स्वर्गीय पिताम्बर सुवेदी र श्रीमती बिष्णु सुवेदीका परिवारले जग्गादान गर्नुभएका थियो । प्रतिक्षालय निमार्णका लागि ३ लाख २७ हजार रुपयाँ खर्च भएको सुवेदीले जानकारी दिनुभयो । यसैबीच उक्त प्रतिक्षालयलयको शुक्रवार जग्गा दाता बिष्णु सुवेदी उद्घाटन गर्नुभएको छ ।
जग्गा दाता विष्णु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोपाल पौडेल, रामबहादुर केसी , दया सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दिवंगत परिवारका जेष्ठ सुपुत्र एकनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य स्थानीय कोमलनारायण पौडेल र सञ्चालन पुर्ब गाबिस सचिब बिष्णु पौडेलले गर्नुभएको थियो ।