कुश्मा नगरको शैक्षिक सुधारका लागि कुनै कुराको कमि हुन दिँदैनौ ः जोशी - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका–१ पाङमा अवस्थित खरिबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालयमा ४ कोठे भवनको उद्घाटन गरिएको छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई पर्वत र कुश्मा नगरपालिकाको ३६ लाख अनुदान र स्थानीयको ५ लाख श्रमदान गरि कुल ४१ लाख लागतमा भवन निर्माण भएको हो । भवनको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरको मेरुदण्ड नै शिक्षा भएकाले त्यसको विकासका लागि कुश्मा नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक सँगै भौतिक विकासमा नगरपालिका सँधै अग्रसर हुनेमा जोड दिनुभयो ।नगरपालिका भित्रका सामूदायिक विद्यालयमा धेरै समस्या रहेको बताउँदै जोशीले सबै समस्या एकैपटक समाधान नहुने भएकाले धैर्य रहन अनुरोध गर्नुभयो ।
कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछानेले कुश्मा नगरपालिका सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न लागि परेको बताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका नगर शिक्षा अधिकृत दिपक सुवेदी, वडा अध्यक्ष एव गाउँ शिक्षा समितिका अध्यक्ष देवेन्द्रप्रसाद सुवेदी, पाङका पूर्व गाविस अध्यक्ष हेम शर्मा पौडेल, विद्यार्थी सरिता शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृण शास्त्री अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेल र कार्यक्रम संचालन शिक्षक शिरिष पौडेलले गर्नुभएको थियो ।
भवन निर्माण सँगै विद्यालयमा पठनपाठनमा सहज हुने विद्यालयका सहायक प्रअ ओमप्रसाद चपागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!