पर्वतको शालिजाको एक विद्यालयका विपन्न विद्यार्थीलाई अस्ट्रेलियावासीको सहयोग - News site from Nepal

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजा स्थित भोटेडाडामा रहेको शान्ति आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलियावासीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६ जना छात्रछात्रालाई अस्ट्रेलियावासी स्थानीय फुलप्रसाद सुवेदीले मासिक रु २÷२ हजारका दरले सहयोग उपलव्ध गराउनुभएको हो ।
विपन्न परिवारका बालबालिकाहरुलाई अध्ययनमा सहजता मिलोस भनेर सहयोग गरेको सुवेदीले बताउनुभयो । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा सवेदी सहित अस्ट्रेलियन नागरिकहरुको समुहल रकम प्रदान गरेको हो । सो अवसरमा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्वुजा पुनले प्रवासीहरुको सहयोगले ग्रामीण क्षेत्रमा रहेका विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पुगेको भन्दै सहयोगदाताको प्रसंसा गर्नुभएको छ । उहाँले सानो सहयोगले पनि विपन्न परिवारको जीवनमा ठुलो परिवर्तन आउने बताउँदै सहयोगी हातहरु बढाउँदै लैजान सुझाव दिनुभयो ।
कार्यक्रममा गाउँ शिक्षाा अधिकृत झलकनाथ आचार्यले पनि बोल्नुभएको थियो । विद्यालयका प्रद्यानाध्यापक नारायणदत्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममाधन्यवाद मन्तव्य प्रअ शिव सुवेदी र कार्यक्रमको संचालन सहायक प्रद्यानाध्यापक लोकनाथ सुवेदीले गर्नुभउको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!