पर्वत । मध्यपहाडी लोकमार्ग आयोजनाको काम तत्काल सुचारु गर्न नेपाली काँग्रेसका नेताहरुले ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले लामो समयदेखि रोकिएको मध्पहाडी लोकमार्गको पर्वत खण्डको काम सुचारु गर्न माग गरेका हुन । सडकको काम रोकिँदा वर्षायाममा धौलागिरिका चार जिल्लाका बासिन्दाहरुले सास्ती खेप्नुपरेको भन्दै तत्काल सुचार गर्न माग गरेका हुन् ।
एकातीर चाडवाड शुरु भैसकेको र चाडवाडका बेला सवारीसाधनको चाप बढि हुने भएकाले सहज रुपमा यातायातका साधन चलाउन सक्नेगरी काम गर्ने बातावरण मिलाउनका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई ध्यानार्षण गराईएको हो ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले तोकिएकै मितिमा काम सक्नेगरी निर्माण व्यावसायीहरुले काम गर्नुपर्ने बताए । उनले कुनै बाधा अवरोध आएमा आफु र आफ्नो पार्टीले सहजीकरण गर्ने बताए । विभिन्न बहाना बनाएर राष्ट्रिय गौरबको योजनामा ढिलासस्ती गर्न नपाईने भन्दै तोकिएकै मापदण्डमा तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनीलाई क्षमता बढाएर काम गर्न आग्रह गर्दै कुनै वाधा व्यवधान आई परेमा समन्व्य गर्न आग्रह गरिन् । उनले तोकिएकै मितिमा काम सम्पन्न गर्न चार÷पाँच ठाउँबाट काम गर्न सुझाव दिईन ।
यसैबीच वर्षायाममा दुई महिनादेखि रोकिएको सोमवारदेखिनै सुचारु गरिएको लामा कन्टूक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले जानकारी दिए । उनका अनुसार अहिले चार ठाउँबाट काम भैरहेको छ । बेतेनी, भद्रखोला, अर्मादी र दोविल्लाबाट धमाधम काम भैरहेको उनले बताए ।