पर्वतको कुश्माका क्यान्सरपिडित युवा खड्काको उपचारका लागि आर्थिक सहयोग - News site from Nepal

पर्वत–पर्वतको कुश्माका क्यान्सर पिडित युवा मीन बहादुर परियार ’खड्का’को उपचारका लागि प्रवासी युवाले आर्थिक सहयोग गरेका छन् । अध्ययन तथा रोजगारीका लागि जापानमा रहेका पर्वतको कुश्मा नगरपालिका वडा नं. खुर्कोटका रामचन्द्र नेपालीले उनको उपचारका लागि रु २१ हजार रुपैया सहयोग गरेका हुन् ।
खड्का बचाउ अभियानका लागी जापानबाट नेपालीले रु २१ हजार रुपैया पठाएका हुन् । नेपालीको आफ्नो आज परेको जन्मदिनको अवसरमा उक्त आर्थिक सहयोग गरेको अभियानका अभियन्ता याम परियार शिवले जानकारी दिए ।
जन्मदिनमा हुने फजुल खर्च कटौती गरि सामाजिक कार्यमा लगाउँं भन्ने लागेर आफूले जापानबाट क्यान्सर पीडित खड्कालाई थोरै भएपनि राहत पुगोस भनेर उक्त रकम सहयोग गरेको नेपालीले बताए । उनले साथीहरू ध्रुव सुवेदी, दिपक निउरे, जीवन क्षेत्री, सन्देश गुरुङ र स्वयं आफुले उक्त रकम संकलन गरि पठाएको जानकारी दिए ।
उक्त रकम खड्का बचाउ अभियानमा लागिरहनु भएका याम परियार ’शिव’, ठाकुर रसाईली, साजन परियार र सरोज खनालले क्यान्सर पीडित खड्काकि आमा तुलसी परियार लाई आज एक समारोह बीच पिडितको घरमै पुगेर हस्तान्तरण गरेका छन् । उनको अहिले भारतको राजिव गान्धी अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि अन्य संघ संस्थाहरुले पनि आर्थिक संकलन गरिरहको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!