खेलकुद

खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बनाउँछ ः प्रमुख पौडेल

By लोकतन्त्र अनलाईन

January 19, 2019

पर्वत, – जिल्ला ह्याण्डबल संघ पर्वतको प्रथम साधारणसभा कुश्मामा सम्पन्न भएको छ । ह्याण्डबल खेलको माध्यमबाट जिल्लाको खेल क्षेत्रलाई अघि बढाउने उद्देश्यले स्थापना भएको जिल्ला ह्याण्डबल संघको साधारणसभाले पुनः राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको हो ।साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुृख मनोहर विश्वकर्मा पौडेलले खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बन्न उत्प्रेरित गर्ने भएकाले ह्याण्डबल खेलको माध्यमबाट जिल्ला ह्याण्डबल संघका गतिविधिहरुले जिल्लामा सकारात्मक सन्देश प्रवाहित भएकोमा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस साधारणसभाले जिल्ला ह्याण्डबल संघलाई जुझारु र सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि प्रकट गर्नुभयो ।प्रथम साधारणसभाले पहाडीको अध्यक्षतामा ज्ञानेन्द्रकुमार जोशी उपाध्यक्ष, रमेश श्रेष्ठ सचिव, केदारकुमार कर्माचार्य कोषाध्यक्ष, राजेश कुमाल सहसचिव र निलराज पुरी, दिनेश श्रेष्ठ, डम्बर गिरी, टंकलाल भुषाल, गोविन्दप्रसाद श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, प्रकाश कर्माचार्य र नारायण कुमाल सदस्य रहेको नयाँ कार्यसमिति निर्वा्चित गरेको छ । यसैगरी सल्लाहकारहरुमा बिष्णुप्रसाद नेवार, जगदिश कुँवर, हिमबहादुर पौडेल क्षेत्री, प्रेम गुरुङ, लेखनाथ उपाध्याय, मनोहर वि पौडेल, गणेश गिरी, युवराज जोशी र इन्द्रमान खत्री रहनुभएको संघका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो । यसअघि साधारणसभाको बन्दशत्रले जिल्ला ह्याण्डबल संघका सचिव निलराज पुरीले प्रस्तुत गरेको साङ्गठनिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन तथा अध्यक्ष राजेन्द्र पहाडीले प्रस्तुत गरेको प्रस्तावित आगामी कार्ययोजनालाई सुझावसहित पारित गरेको थियो ।जिल्लामा विसं. २०७२ सालमा जिल्ला ह्याण्डबल संघको तदर्थ समिति गठन भएको थियो । नवनिर्वा्चित अध्यक्ष राजेन्द्र पहाडीले निर्वा्चित समितिले जिल्लाको ह्याण्डबल खेललाई नयाँ उचाईमा पु–याउने गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै साधारणसभा सम्पन्न गर्न सहयोग गर्नका लागि साथ र समर्थन दिने सबैलाई संघको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।