
पर्वत- जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने सडक सिल्मी–ठुलिपोखरी–खौला–कार्किनेटा सडकको कालोपत्रे यसै बर्ष सकिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले सडक कालोपत्रे यसै बर्ष सकिने प्रतिबद्धता ब्यक्त गरेका हुन ।
सडकको अनुगमन गर्दै मन्त्रीले बस्नेतले सडकको स्तरोउन्नती भईसकेको खण्डमा कालोपत्रेको काम सक्ने गरी योजना बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए । उक्त सडक खण्डमा गत बर्ष देखिको योजनामा सडकको स्तरोउन्नती भई कालोपत्रेको काम मात्र थिए । मन्त्री बस्नेतले जिल्लाका सांसद र स्थानीय जनप्रतिनिधिहरुको माग अनुसार यस बर्ष ६ करोड रकममा कालोपत्रेका काम शुरु हुन लागेको बताए । उनले ६ करोडले सवै खण्डको काम नसकिने बताउँदै रकम थप गर्ने आश्वासन दिए । कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले समेत बजेटमा साझेदारी गर्नुपर्ने बस्नेतको भनाई छ ।
‘थोरै रकम स्थानीय तहले साझेदारी गर्नुहोस बाँकी रकमको जिम्मा म भए’ सडक अनुगमन गर्दै मन्त्री बस्नेतले भने–‘कालोपत्रेको लागि तयार भएको सडकमा कालोपत्रे नविच्छाउँदा बर्षातले सडक विर्गाछ’ उनले यो बर्ष सडक कालोपत्रे नगर्दा अवको बर्ष उक्त सडकमा पैसा विनियोजन गर्न गाहे हुने समेत बताए । सडक अनुगमनमा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारी, कुनपा १२ का वडाअध्यक्ष राजेन्द्र पौडेल, वडा न १३ का वडाअध्यक्ष जंगबहादुर क्षेत्री, कुश्मा नगरपालिका वडा न १२ नेकपाका वडा अध्यक्ष गणेश पौडेल लगाएतको सहभागीता थियो ।
यस अघि उक्त सडक कालोपत्रेका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशमा मन्त्री विकास लम्साल, सांसद पदम गिरी र नेकपाका नेता शिव पौडेलले विशेष पहल गरेका थिए । उनीहरुको पहल पछि सडक कालोपत्रेका लागि यस बर्ष झण्डै १० करोड बराबरको टेण्डर आब्हान भएको थियो । उक्त टेण्डर फेवा कन्ट्रकसनले झण्डै ६ करोडमा जिम्मा पाएको छ । उक्त रकमले सडकको केहि खण्ड मात्र कालोपत्रे हुनेछ । बाँकी सडक मध्ये खौला देखि कार्किनेटामा सडक कालोपत्रेका लागि थप रकमको आवश्यकता पर्दछ ।
उक्त खण्डमा सडक कालोपत्रेको लागि तयार पारिएको छ । यद्यपि बजेटको अभावमा भने उक्त खण्ड कालोपत्रेको लागि अलपत्र पर्ने अवस्थामा पुगेको छ । थप रकम ब्यवस्थापन गरी सडकको माथिल्लो सवै खण्ड कालोपत्रे गर्ने गरी पहल गरिने फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा बताउँछन । उनले सडक कालोपत्रेका लागि फलेवास नगरपालिका रकम साझेदारी गर्न तयार रहेको समेत बताए ।