कार्यक्रम अन्र्र्तगत फलेवास नगरपालिकाको लमायखोला–लिमिठाना–ठानामौला–भगरा–थापाठाना सडक कालोपत्रेका लागि १ करोड ९८ लाख रुपैंया विनियोजन भएको छ । नगरपालिकाले समेत आफ्नो गुरुयोजनामा राखेको उक्त सडक कालोपत्रेका लागि संघिय सरकारले रकम विनियोजन गरेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
उता, पैयू हुँदै विहादी जोड्ने महत्वपूर्ण सडक चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकी भञ्जाङ–पोखरा चौर खहरेखोला सडकका लागि ६ करोड ३० लाख रुपैया विनियोजन भएको शर्माले जानकारी दिए । यस अघि सडक कालोपत्रेको लागि प्रदेश सरकारले चिसापानी देखि हुवास हुँदै वहाकीसम्मको काम शुरु गरीसकेको छ । समपुरक कोष मार्फत प्राप्त रकमले बाँकी खण्डको समेत काम सम्पन्न गरी कालोपत्रेको काम यसै बर्ष सकिने गरी बजेट विनियोजन गरिएको शर्माले जानकारी दिए । उक्त सडक पैयू र विहादीको प्रमुख सडक हो ।
यसैगरी संघिय सरकारले विशेष अनुदान मार्फत कार्यान्वयन गर्नका लागि फलेवास नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमका लागि ३५ लाख र आरन सुधार कार्यक्रमका लागि ४० लाख रकम प्राप्त भएको छ ।