लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको पत्रकार महासंघ चौध वर्षपछि सरकारी भवनमा स्थानान्तरण - News site from Nepal

पर्वत –ः विगत चौध वर्ष अघि शाखा स्थापना भई भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखा सरकारी भवनमा स्थनान्तरण भएको छ ।
आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन सोमवारदेखि खाली रहेको सरकारी भवनमा स्थानन्तरण गरिएको हो । संघीयताको कायान्वयन सँगै खाली वनेको जिल्ला शिक्षा समन्वय ईकाईका बार्षिक परिक्षा समितिको कार्यालयमा पत्रकार महासंघको कार्यालय सारिएको महासंघका सचिब गणेश गिरीले जानकारी दिनुभयो ।
जिल्लाको अधिकार स्थानीय तहमा गएपछि खालीजस्तै बनेको उक्त भवन संघीय सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल र जिल्ला शिक्षा समन्वय ईकाईका कार्यालय प्रमुख उद्धिमराज पौडेलको पहलमा पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ स्थापना दिवसको अवसरमा नयाँ भवनवाट कार्यालय संचालन शुरु गरिएको अध्यक्ष छविलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार केक काटेर नयाँ भवनवाट कार्यालय संचालन गर्न शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले संस्थालाई व्यवस्थित रुपले संचालन गर्नका लागि भौतिक पुर्वाधारको पनि उत्तिकै महत्व हुने भएकाले अब पत्रकार महासंघ पर्वत व्यवस्थित र प्रभावकारी रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारी कर्मचारी र पत्रकारबीच प्रगाढ सम्वन्ध हुनुपर्नेमा जोड दिनुभयो । सुशासन, पारदर्शिता र भ्रष्टाचार न्यूनिकरणका लागि पत्रकार र सरकारी निकायवीच आवश्यक समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलले लामो समय आफ्नै भवन निर्माण गर्ने प्रयासमा रहेको पर्वत शाखाले सरकारी भवनवाट कार्यालय संचालन गर्न थालेकोमा बधाई दिँदै पत्रकारितालाई मर्यादित र आम नागरिकको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्वत शाखाका संस्थापक अध्यक्ष भोलानाथ शर्माले आफुले लामो समयदेखि भवन निर्माणका लागि पहल गर्दै आएको बताउनुभयो । उहाँले उक्त सरकारी भवनलाई व्यवस्थित बनाउन र कार्यालय सजावटका लागि रु ५० हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख उद्धिमराज पौडेल, पत्रकार महासंघ पर्वत शाखाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायतले बोल्नुभएको थियो ।
अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य उपाध्यक्ष प्रनिश गिरी र संचालन सचिब गणेश गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari