
पर्वत– नेपाल बार एसोशिएसन पर्वत जिल्ला अदालत बार इकाईको ३२ औं साधारणसभा तथा १७ औं अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
अधिवेशनले चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्याशी रहेका राजेन्द्र भुषाल र जगदीश पौडेललाई पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित हुनुभएको थियो । भुसालको पक्षमा ४ र पौडेलको पक्षमा तीन मत परेका थिए । भने क्षेत्रीले ९ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचित समितिको उपाध्यक्षमा हरिनारायण रेग्मी, सचिवमा यज्ञबहादुर थापा, कोषाध्यक्षमा देवीप्रसाद शर्मा रहनुभएको छ । त्यसैगरी सदस्यमा भीमराज सापकोटा, पूण्यप्रसाद सुबेदी र तेजराज चापागाई रहनुभएको छ । अधिवेशनले केन्द्रिय पार्षदमा भोलानाथ शर्मा, डम्मरु शर्मा, विश्वराज पाण्डे र दिलिपराज शर्मालाई सर्वसम्म रुपमा चयन गरेको छ । यस अघि आयोजित कार्यक्रमको उद्घाटन जिल्ला अदालत पर्वतका न्यायधिश सुर्यवहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।