पर्वतका विभिन्न स्थानमा रहेका कुल मन्दिरमा कुलपुजा सम्पन्न - News site from Nepal

पर्वत–पर्वतका विभिन्न ठाउँका समुदायले आज कुल पुजा सम्पन्न गरेका छन् । जेष्ठ शुक्ल पक्षको पुर्णिमा तिथि अर्थात जेष्ठी पुर्णिमाको अवसरमा आज विभिन्न समुदायले कुल पुजा गरेका हुन् ।
कतिपय स्थानमा ठुलो संख्यामा बोकाको बलि चढाएर पुजा गरेका छन् भने कतिपय ठाउँमा सामान्य पुजा गरी कुल पुजा गरिएको हो । जिल्लाको ठुलीपोखरी, पिपलटारी, कटुवाचौपारी, राम्जा,आर्थर, मुडिकुवा, ठानामौला, कार्किनेटा, राम्जादेउराली, कुश्मा, बलेवा म्याग्दीको राखु, भगवती अर्थुङ्गे लगायतका स्थानमा कुल पुजा गरिएको हो ।
सापकोटा, अधिकारी, लामिछाने, गौतम, पौडेल, आचार्य लगायतका समुदायमा कुल पुजा गरिएको स्थानीयले जानकारी दिएका छन् । कतिपय समुदायमा वर्षेनी यो पुजा गर्ने चलन रहेको छ भने कतिपयमा दुई, तीन वा पाँच वर्षमा गर्ने चलन रहेको बताइएको छ ।
पर्वतको ठुलीपोखरी स्थित बुमीमा रहेका सापकोटा बन्धुहरुले विशेष रुपमा कुलपुजा सम्पन्न गरेका छन् । प्रत्येक पाँच पाँच वर्षमा हुने कुल पुजा गत वर्षदेखि वर्षेनी गरिँदै आएको हो । यस वर्ष भागवत बाचन र लक्ष्यबर्ति दिप प्रज्वलन समेत गरेर कुलपुजा गरिएको अध्यक्ष हेमराज सापकोटाले जानकारी दिनुभएको छ ।
यसैगरी कुश्मा नगरपालिका १० मा मुल थलोभई देशका विभिन्न स्थानमा वसोवास गरिरहेका साउथरे पौडेल दाजुभाईको कुलपुजा आज भव्य कार्यक्रमका विच सम्पन्न भयो ।पुजा कार्यक्रममा विभिन्न मापदण्ड वनाई विभिन्न क्षेत्रमा योगदान र्पुयाउने व्यक्तित्वहरु ला ई सम्मान गरियो । जस अनुसार ८४ पुजा भएका ३ जना, ८० वर्ष उमेर पूरा भएका २ जना, राजनैतिक व्यक्तित्व २ जना ,सामाजिक अभियन्ता २ जना , नेपाल सरकारको अधिकृत वा सो भन्दा माथिल्लो पदमा रहि कार्य गरेका १० जना , स्नातकोत्तर वा सो भन्दा माथि शैक्षिक उपाधी हासिल गरेका २७ जना र जग्गादाता २ जना गरि ४८ जना व्यक्तित्वहरु लाई अविर,खादा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा कुल व्यवस्थापन समिति का सदस्यहरु शान्त पौडेल र नर वहादुर के सि ले भावि योजना र आर्थिक अवस्था को वारेमा प्रकाश पार्नु भएको थियो । कुल व्यवस्थापन समितिका सदस्य रमाकर पौडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम कुल ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन कुल व्यवस्थापन समितिका सचिव आनन्द पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!