आन्तरिक मामिलामा कसैको हस्तक्षेप स्विकार हुदैनः प्रवक्ता श्रेष्ठ - News site from Nepal


,पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षेप स्विकार नहुने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा संघीय सांसद र गण्डकी प्रदेश सदस्यहरु बिचको अन्तरक्रियामा प्रबक्ता श्रेष्ठले आन्तरिक,राजनितिक मामिलामाहोस या विकासको मामिलामा बाह्य हस्तक्षेप नेकपालाई स्विकार नहुने भन्दै आर्थिक निर्भरताको कारणले भारतले हेप्ने गरेको स्थितिको अब अन्त्य हुने बताउनुभयो ।
आर्थिक वृद्धि र सामाजिक न्याय, आधुनिक बिज्ञान र प्रविधिको प्रयोगलाई केन्द्रित गरि दिगो बिकासको लक्ष्य सहित समाजबादको आधार निर्माणमा नेकपाको सरकार लागि परेको बताउदै भारतमुखी अर्थतन्त्रलाई फराकिलो बनाउदै चिनसंग आर्थिक सम्झौताहरु गरिएको उल्लेख गर्नुभयो ।
मुलुक आर्थिक समाजबादको बाटोमा अघि बढेको धारण राख्दै उहाँले विभिन्न राजनितिक लडाई बाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक, आर्थिक रुपान्तरणको दिशामा वर्तमान सरकारले काम गरिरहेको दावी समेत गर्नुभयो ।

पञ्चवर्षिय योजनालाई कार्यान्वयन गर्ने बजेट आउछः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी बर्ष प्रदेशसरकारको बजेट पञ्चवर्षिय योजनालाई कार्यान्वयन गर्ने खालको ल्याउने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशले विहिवार आयोजना गरेको सांसदहरुसंगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले अबको बजेट गण्डकी प्रदेश सरकारले तायर पारेको पञ्चबर्षिय योजनालाई पूर्णता दिने खालको ल्याउने बताउनुभयो । आगामी बर्ष दिर्घकालिन विकासका कार्यक्रमहरु तयार गरी बजेट निर्माण गरिने उहाँको भनाई छ ।
मध्यकालिन र दिर्घकालिन योजनालाई बिशेष ध्यानमा राखेर बजेट ल्याउनुपर्नेमा जोड दिदै उहाँले गतवर्ष कार्य्बिधि नहुदा अर्थमन्त्री र आफ्नो दिमागको भरमा मात्रै बजेट निर्माण गरेकाले कार्यान्वयनमा समस्या भएको वताउनुभयो । प्रदेशलाई लगानीमैत्री बनाउन लागिपरेको वताउदै मन्त्री गुरुङले प्रदेश सरकारले पनि लगानी सम्मेलन गरेर नीजि क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम तय गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य देव गुरुङले योजना तथा नीति निर्माणको लागि गण्डकी प्रदेशमा भएको छलफल कार्यक्रम नमुनायोग्य भएको बताउनुभयो । योजनाहरुलाइ प्राथमिकताका आधारमा छलफल र बहस गरेर दिगो बिकासको लक्ष्य हासिल गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले छलफलमा प्राप्त सुझावलाई मनन गरि नीति तथा योजना तय गर्ने बताउनुभयो । चालू आ.ब. मा ऐन कानुन र कर्मचारी समस्याको कारण बजेट खर्च गर्न नसकेको बताउदै कर्मचारी समायोजन भएर गएको तर नयाँ कर्मकारी नआएको कारण बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।


कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सांसद देबेन्द्र पौडेल, सोमनाथ अधिकारी प्यासी, सहकारी, भूमि सुधार तथा गरिवी निवारण मन्त्री पद्मा आर्याल, महिला बालबालिका तथा जनसंख्या मन्त्री थममाया थापा, रास्ट्रियसभा संसदीय दलको नेता दिनानाथ शर्मा लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशमा सामाजिक आर्थिक सूचकहरुको बर्तमान स्थिति र प्रथम आबधिक योजनाका प्राथामिकता बिषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । छलफल कार्यक्रममा वोल्ने सांसदहरुले पँहुचको आधारमा नभइ आबश्यकताको आधारमा योजनाहरु छनोट गर्नुपर्नेमा जोड़ दिएका थिए ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले पस्तुत गरेको कार्यपत्रमा सांसदहरुले सुझाब सहित धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!