पर्वत । जिल्लाको महाशिला गाउँपालिकालाई मदिरा मुक्त बनाउने अभियान सञ्चालन भईरहेको छ । अभियान अन्तर्गत पहिलो चरणमा गाउँपालिका भित्र अवैध र गुणस्तर हिन मदिरालाई पूर्णतः निषेध गर्ने नीति गाउँपालिकाको छ । सोहि नीति अन्र्तगत मदिरा नियन्त्रण सम्बन्धि कानून समेत गाउँपालिकाले निर्माण गरेको छ ।
सो अभिायनलाई सफल बनाउन गाउँपालिकाले अवैध मदिरा गाउँपालिका भित्र भित्रन नदिने गरी कडाई गरीरहेको छ । सोमबार मात्रै पोखराबाट महाशिला आउँदै गरेको ट्रकबाट १ सय ५० थान सोफी ब्रान्डको कमसल मदिरा नियन्त्रणमा लिइएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार अवैध मदिरा निर्यात गरे वापत ५ हजार रुपैया जरीवाना र चेतावनी मदिरा निर्यातकर्तालाई दिइएको छ । प्रवक्ता ठकुरीले अवबाट यस्तो कार्य नगर्ने शर्तमा मदिरा फिर्ता पठाइएको जानकारी दिए । अभियान अन्तर्गत बालाकोट वडा मदिरा नियन्त्रीत वडा घोषणा भईसकेको छ भने बाँकी वडाहरुमा अभियान सञ्चालन भईरहेको छ ।