
काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आफ्नो १६ औं चरणको अनसन सुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाण्डौ लगिएको छ ।
स्वास्थ्य अवस्था चिन्ताजनक वनेपछि उनलाई गए राती नै एम्वुलेन्स मार्फत झापाको भद्रपुर सम्म र भद्रपुरवाट सेनाको नाइटभिजन हेलिकोप्टरमा राती तीन बजेतिर काठमाडौं लगिएको हो । इलाममा दश दिनदेखि अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उहाँलाई उपचारको लागि काठमाडौँ लगिएको उहाँका सहयोगीहरुले बताएका छन् ।
डा केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लगेर उपचार गरिएको छ । “डा केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै लगिएको हों’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भन्नुभयो ।