पर्वतको कुश्मामा रवि रिहाईको माग गर्दै जुलुस, सरकार बिरुद्ध नाराबाजी - News site from Nepal

पर्वत– पत्रकार शालिग्राम पुडासैनिको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानको रिहाईको माग गर्दै पर्वतको कुश्मामा जुलुस निकालीएको छ । स्थानीय केहि युवाहरुको समुहले जुलुस प्रदर्शन गरेको हो । कुश्माको वडागाउँदेखि शुरु भएको जुलुस लोकतान्त्रिक चोकमा पुगेर कोणासभामा परिणत भएको थियो ।
सो अवसरमा याम परियार शिव र शिशिर पौडेलले सम्वोधन गर्दै रविलाई तत्काल रिहाई गर्न माग गरेका थिए । उनिहरुले पत्रकार शालिग्राम पुडासैनिको मृत्युमा पत्रकार रबि लामिछानेलाई अनावश्यक मुछिएको बताएका थिए ।
कालो ब्यानर सहित निस्किएको जुलुसमा सरकार र प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!