लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
गण्डकी प्रदेश सरकारले दियो प्रहरीलाई ७१ लाखका मोटरसाईकल - News site from Nepal

पोखरा
गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ७१ लाख बराबरका ३५ वटा मोटरसाईकल प्रदान गरेको छ । मोटरसाईकल किन्नको लागि खर्चिएको बजेट आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘सुरक्षित मुद्रणायल स्थापना’ शिर्षकमा छुट्याएको थियो । प्रहरी कार्यालयमा साधन अभाव भएपछि गण्डकी प्रदेश सरकारको जेठ २ गतेको मन्त्रिपरिषद निर्णयले मोटरसाईकल किन्ने र प्रहरी कार्यालयलाई वितरण गर्ने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेण्डर आह्वामार्फत खरिद गरेका १५० सिसीका ३५ वटा मोटरसाईकल प्रहरीलाई बुधबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले हस्तान्तरण गर्नुभएको हो ।


प्रदेश प्रहरीलाई मोटरसाईकल हस्तानतरण गर्दै मुख्यमन्त्री गुरुङले प्रहरीको सेवालाई चुस्त दुरुस्त राख्न मोटरसाईकल प्रदान गरेको बताउनुभयो । साधन र उपकरण विहिन हुदाँ ग्रामिण भेगमा प्रहरीहरुलाई घटना स्थल पुग्न समस्या हुने गरेको बताउदै उहाँले सरकारले प्रदान गरेको मोटरसाईकलले प्रहरीलाई समयमै घटना स्थल पुग्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रहरी कार्यालयबाट कुल १०५ वटा मोटरसाईकलको माग भएतापनि सरकारले तत्कालको लागि ३५ वटा मात्र उपलब्ध गराएको उहाँको भनाई थियो ।
कायक्रममा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु हरि बहादुर चुमान, रामशरण बस्नेत,विकास लम्साल,नरदेवी पुन लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari