पर्वतको प्रसिद्ध मोदीवेणीधाममा साउन २७ गते विशेष धार्मिक मेला आयोजना - News site from Nepal

पर्वत– प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणीधाममा आगामी साउन २७ गते सोमवार भव्य पुजाआजा गरिने भएको छ ।
साउन महिनाको अन्तिम सोमबारको अवसरमा ६४ ज्योतिर्लिङ्गमा २१ जना ब्रामणहरु राखेर लघुरुद्री पाठ, अग्नी होमन, वेद पाठ, नारायणको पुजा, चण्डीपाठ लगायतका धार्मिक कार्यहरु गरिने भएको छ । उक्त धार्मिक कार्य सम्पन्न गर्नका लागि नृसिंह मन्दिर संरक्षण समितिको मंगलवार बसेको बैठकले खुमराज पराजुलीको अध्यक्षतामा समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा युवनाथ गौडेल रेग्मी, मानकुमारी गिरी, रत्नबहादुर खत्री, पुर्णप्रसाद ढकाल, पिताम्वर घिमीरे, गोपालदार पौडेल, सपना मल्ल, सिर्जना लामिछाने, उमा महेश्वर घिमीरे रहेका छन् । त्यस्तै भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
आर्थिक उपसमितिमा गोपालदास पौडेल, प्रचार प्रसार ससिमतिमा युवनाथ गौडेल रेग्मी, पण्डित व्यवस्थापनमा पिताम्वर घिमीरे र प्रसाद तथा भोजन व्यवस्थापनमा केशवदास बैरागी रहनु भएको प्रचारप्रसार संयोजक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!