प्रमुख समाचार

पर्वतको महाशिलामा श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाईते

By लोकतन्त्र अनलाईन

April 17, 2019

पर्वत/ सुत्केरी भएकै दिन श्रीमानको कुटपिटबाट श्रीमती अस्पताल भर्ना भएको घटना सेलाउन नपाउँदै पर्वतको महाशिला गाउँपालिकामा एक महिला श्रीमानकै कुटाई गम्भीर घाइते भएकी छन । मदिरा सेवन गरेर मंगलबार बेलुका कुटपिटबाट महाशिला गाउँपालिका–४ लामतुङ बस्ने वर्ष ५५ बर्षिया यमकुमारी सुनार गम्भीर घाइते भएकी हुन । श्रीमान दिलबहादुर सुनारले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा यमकुमारीको हात लगायतका स्थानमा गम्भीर चोट लागेको छ । घाइतेको पोखरामा उपचार भैरहेको छ भने फरार रहेका श्रीमानको खोजी भैरहेको प्रहरीले जनाएको छ ।