आज संसदीय सुनुवाइ, दिनेश थपलियाको सुनुवाइ हुने - News site from Nepal
आज संसदीय सुनुवाइ, दिनेश थपलियाको सुनुवाइ हुने

काठमाडौं– प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको सुनुवाइ गर्न आज (बुधबार) संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ । समितिले हिजो (मंगलबार) बसेको बैठकले प्रमुख निर्वाचन आयोगको प्रमुख आयुक्तका लागि बुधबार र न्यायाधीशमाथिको सुनुवाइ बिहीबार गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ । काठमाडौं क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सांसद नरोत्तम वैद्य, उपसचिव ईश्वरप्रसाद पोखरेल, नासु सूर्यप्रसाद ओझालगायतले लिखित उजुरी दिएका छन् । वैद्यले कर्मचारीलाई संवैधानिक आयोगमा ल्याउँदा गलत नजिर बस्ने उल्लेख गरेका छन् ।
त्यस्तै उपसचिव पोखरेलले कर्मचारी समायोजनका विषयमा विवादित निर्णय गरेको आरोप लगाएका छन् । संवैधानिक परिषदको गत चैत ११ गते बसेको बैठकले थपलियालाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!