पर्वतको मालढुंगामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो - News site from Nepal

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस आज विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको नाम ठेगाना भने खुल्न सकेको छैन । दुर्घटनामा ३४ जना घाईते भएका छन् । घाईते मध्ये गभीर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ । चार जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
साघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदिमा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!