पर्वत जेसीजको एक वडा एक कार्यक्रम अभियान जारी - News site from Nepal
पर्वत जेसीजको एक वडा एक कार्यक्रम अभियान जारी

पर्वत– पर्वत जेसीजको बार्षिक कार्ययोजना अनुसार कुश्मा नगरपालिका एक वडा एक कार्यक्रम अन्तर्गत कुश्मा न पा वडा नं ९ र १० मा  सम्पन्न भएको छ ।
कुश्मा न.पा. वडा नं. ९ कटुवाचौपरीको सार्वजनिक मा.वि.मा डष्टविन हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा विधालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि कुश्मा न.पा.१० पिपलटारीको पिपलटारी प्रा.वि.मा शैक्षिक सामाग्री वितरण एवं डष्टविन हस्तान्तरण कार्यक्रम कार्यवाहक वडा अध्यक्ष दिवाकर शर्मा तिवारीको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा कुश्मा न.पा.का प्राविधिक र समाजसेवी पुरूषोत्तम सुवेदी र प्रधानाध्यापक रामप्रसाद तिवारीले शुभकामना व्यक्त गर्नुभएको थियो ।
पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षता, मुल संयोजक उत्तम पौडेलको स्वागत र महासचिव रामु शर्माले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
१ वडा १ कार्यक्रम अन्तर्गत हालसम्म कुश्मा न.पा. का १३ वडामा कार्यक्रम सम्पन्न भएको साथै पौष ५ गते पर्वत जिल्ला अस्पतालको सहकार्यमा कुश्मा न.पा.८ चुवामा स्वास्थ्य शिविर सञ्चालन गरिने मुल संयोजक उत्तम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!