पर्वत काँग्रेसको जागरण अभियान महाशीलाको बालाकोट र मोदीको देउपुरमा - News site from Nepal

पर्वत–नेपाली काँग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान पवतको महाशिला गाउँपालिका–३ बालाकोटमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले जागरण अभियानले सुदृढीकरण हुँदै जाने र आगामी दिनमा कांग्रेसको बहुमत आउने बताउनु भयो ।
सभापति भुषालले कांग्रेसले ल्याएको लोकतन्त्रले गर्दा कम्युनिस्ट राजनितीको मुल धारमा आएको उहाँको भनाई थियो । कम्युनिस्ट सरकारले सपना मात्र बाड्ने काम गरेको हुदा अब जनता नझुक्कीने बताउनु भयो । केन्द्रिय प्रतिनिधी एवम् प्रदेश साँसद मेखलाल श्रेष्ठले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको बताउनु भयो । उहाँले जनताको पक्षमा बर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाउनु भयो । नेता श्रेष्ठले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न र संगठनलाई मजबुत बनाउन काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु गरेको बताउनु भयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसकी महिला नेत्री रेखा गुरुङ, लगायतले बोल्नुभएको थियो ।
प्रदेश सभा ख का अध्यक्ष क्याप्टेन धनवहादुर थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत सन्तोष हमाल, धन्यवाद मन्तव्य नेपाल काँग्रेस महाशिलाका संयोजक धनवहादुर गुरुङ र संचालन नेपाली काँग्रेस पवतका जिल्ला सदस्य अशोकउचै ठकुरी गर्नुभएको थियो । सो अवसरमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताहरुले कम्युनिष्ट शासन विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा सुझाव दिएका थिए ।
यता पर्वत क्षेत्र क को जागरण अभियान मोदी गाउँपालिका २ देउपुरमा भएको छ । जागरण अभियानका प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि तथा पुर्वराज्यमन्त्री चम्पादेवी खड्गाले काँग्रेसभित्रको आन्तरिक एकता बलियो बनाउन र विपक्षीहरुको सामना गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । खड्काले कार्यकर्ताहरुले दिएका सुझावहरुलाई नेतृत्वले सकारात्मक रुपमा ग्रहण गरेर पार्टिलाई दरिलो सिदान्तमा उभ्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
अहिले काँग्रेसको पराजयबाट कतिपय कार्यकर्ता अत्तिएको बताउँदै उहाँले यसबाट अत्तिनुपर्ने कुनै कारण नरहेको बरु अर्को पटक जित्ने संकल्पका साथ लाग्न सुझाउनुभएको थियो । जलजला गाउँपालिकाका उपप्रमुख सीमा गर्वुजा पुनले मुलुक बर्बादी तर्फ जान नदिन र काँग्रेस भित्रको एकतालाई मजवुत बनाउन जागरण अभियान लिएर आफुहरु गाउँ पसेको बताउनुभयो । उहाँले सबै बर्ग, सबै जात, लिंग र समूदायको हितका लागि काँग्रेसले बिगतमा खेलेको भूमिका अहिले पनि उस्तै रहेको बताउनुभयो । सरकारले काँग्रेसलाई पेल्दै आएको बताउँदै लामिछानेले विपक्षीलाई कमजोर ठाने त्यसको प्रतिउत्तर सडक र सदनबाट दिईने चेतावनी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रामबहादुर प्रसाई , नेपाल महिला संघका अध्यक्ष जोगमायाँ प्रसाई, सचिव मूना शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस प्रदेश क का सचिव कृष्ण प्रसाद लामिछानेको सभापत्तिवमा कार्यक्रम सम्पन्न भएको हो ।
करिव २५ जना स्थानीय कार्यकर्ताहरुले पार्टिलाई सुझाव दिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस क्षेत्र क का सदस्य ताराप्रसाद तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!