सन्दर्भ गुरुपुर्णिमा: मेरो आमा मेरो गुरु - News site from Nepal
सन्दर्भ गुरुपुर्णिमा: मेरो आमा मेरो गुरु

मलाई किन जन्म दियौ पुरुषको रुपमा हजुर जस्तै आमा बनाई दिएको भएनि हुन्थ्यो होला

सुरज भुसाल
बितेको वर्ष फर्कदैन थाहा छ । आज पनी बच्चा भईरहन पाएको भए क्या मज्जा हुने थियो होला । मलाई कुनै कुराको पिर हुन्थेन होला, हुदो हो त मेरो भोक को साथि ,भाई र आमाको मायाले फुरुङ्ग हुन्थे होला । समय बदलिदै गयो र मेरो पनि उमेर बढ्दै गयो हिजोका ति मिठा पलहरुछोड्दै आफ्नो दैनिक बित्दै जादा उमेर अनुसार माग र सो अनुसारको क्रियाकलाप हुँदै गए ।
आज ति दिनहरुको याद आएर यो लेख्दै छु ।आमा साच्चै भन्ने भए त संसार कति पिडामा छ, म किन पिडामा हुन्नथे होला र आमा । हजुर खुसी हुने दिनमा सधैँ आसुको भेलमा कति पार्नु र हजुरको पनि त मन हो कुनै दिन केहि कुरामा गल्ति गरेको भए क्षमा पाउँ है । आमा किनकी हजुर मेरो गुरु हो आज । गुरु पुर्णिमाको दिन रहेछ र यो लेख्दै छु । मैले गरेका गल्ति लाई पनि सहजै भुलिदिने मेरो आमा कति ठुलो मन छ  है हजुरको समयले यस्तै गराउदो रहेछ र आज म लेखिरहेको छु । यो दुनियामा मेरो, र मेरो आमा ,श्रीमति र सन्तानको पेट भर्न र जिबन चलाउनको लागी त्यहि लडाई लड्ने क्रममा छु म यो हृदय नभएको शहरमा दिनदिनै त्यहि लडाई पनि कसैलाई नपच्दो रहेछ कि जस्तो लाग्न थालि सक्यो । मैले दिनरात नभनि गरेका क्रियाकलाप अपच्य हुन थालि सकेछन ।
हुनत मेरा पनि कमि कमजोरी होलान् नहोला भन्न सक्दिन मलाई किन जन्म दियौ पुरुषको रुपमा हजुर जस्तै आमा बनाई दिएको भएनि हुन्थ्यो होला । म पनि बुझ्थे होलानि हजुर जस्तै छोराछोरीको पिडामा रुन्थे होला मन शान्त हुन्थ्यो होलानि के गर्नु पिडा त म सँग पनि छ होला । मेरो पिडा कसले बुझ्छ र मन किन दुखथ्यो होला र समयको भेल सँग पौढे जोरी किन खेल्नु पर्थो होला र । आमा जन्म भएकोनि ३० औ बसन्त पार गरि ३१ औ बसन्त लागेछ । त्यहि बसन्त नै मलाई पिडा हुन थालेको छ, किनकी बसन्त फर्केर हुँदो रहेनछ । सधै पहिलाको जस्तो बचपन सिरानीमा तपतप आसु झारेर रुन सकिन र कसैलाई पनि देखाउन सकिन ।
मेरो मन बलियो भएर होला कसैलाई नराम्रो र गाली गर्न सकिन । तिमिले अझै भनेका कुराको याद आउदा पनि यस्तै हो भनि अगाडी बडेका दिनहरु समय यस्तै रहेछ । आमा आज गुरु पुर्णिमा को दिन मेरो पहिलो गुरु भनेको हजुर हो , मलाई यो संसारमा दिक्षा शिक्षा दिने आमा हजुरलाई गुरु पुर्णिमाको शुभकामना र शिक्षक तथा शुभचिन्तक गुरु वर्गमा नमन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!