पर्वतको कुश्मामा रहेको बाल मन्दिरको सहयोगार्थ ‘स्काउट’को च्यारिटी सो सम्पन्न - News site from Nepal

पर्वत–पर्वतको कुश्मामा चलचित्र ‘स्काउट’ को च्यारिटि सो गरिएको छ । बाल मन्दिर प्राथमिक विद्यालयको सहयोगार्थ कुश्मा बजारमा अवस्थित सिद्धेश्वर चलचित्र मन्दिरमा यसको च्यारिटी शो गरिएको थियो ।
विपन्न तथा मजदुरका बालबालिकाहरुले मात्र अध्ययन गदै आएको सो विद्यालयको सहयोगार्थ चलचित्रको ‘स्काउट’को सो गरिएको नेपाल बाल संगठन पर्वतका सभापति एवम् विद्यालयका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी दिनुभयो ।
उक्त च्यारिटी सोवाट संकलित रकम विद्यालयको कोषमा राखिने र सो रकम विद्यालयको हकहितका निम्ति खर्च गरिने अध्यक्ष विश्वकर्माले बताउनु भयो । ‘स्काउट’को कथावस्तुलाई उठान गरेर निर्माण गरिएको चलचित्र हेर्नको लागि स्कुले बालबालिका देखी जिल्लाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
चलचित्र हेरेपछि अधिकाँशले चलचित्रको कथावस्तु, निर्देशकीय पक्षका साथै कलाकारको भूमिकाले आफुहरुलाई स्काउट बन्न पे्ररित गरेको बताएका थिए ।
उक्त शोमा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ला प्रहरी कार्यालय पवतका प्रहरि उपरिक्षक श्याम अर्याल, कुश्मा नगरपालिका–५ की वडा अध्यक्ष चित्रकला शर्मा, ४ की वडा मिना कर्माचार्य लगायतको उपस्थिती रहेको थियो । चलचित्रमा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari