व्यवहारीक शिक्षा वेरोजगारको अन्त्यको आधारः अध्यक्ष तिमिल्सिना - News site from Nepal

सिर्जना पन्त
बागलुङ, २ जेठ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभयो ।
बागलुङ जिल्लाको काठेखोला गाउ“पालिका–७ रेश स्थित रेश नुन्थला माध्यामिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवको बिहीवार उद्घाटन पछि बोल्दै तिलिल्सिनाले बालबालिकालाई करकापमा होईन ईच्छा अनुसारको व्यवहारीक शिक्षा प्रदान गर्न सके मात्र भोलीका दिनमा स्वरोजगार बन्न सक्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले शिक्षालाई रोजगार, उद्यमशिलता लगायतका विषयमा जोड्न सकेमा मात्र शिक्षा आर्जन गरेको व्यक्ति खाली हात बस्न नपर्ने बताउनुभयो । ‘अहिलेको सरकारले व्यवहारिक शिक्षामा जोड दिएको छ’ उहा“ले भन्नुभयो ‘व्यवहारिक शिक्षा संग जोडेर अध्यापन गराउने विद्यालयलाई विशेष प्राथमिकता दिने नीतिमै व्यवस्था गर्नेछौं ।’ तिमिल्सिनाले नीति निर्माण संगै बागलुङ जिल्लाको समग्र विकासमा सक्दो प्रयास गर्ने बताउनुभयो । समृद्ध नेपाल निर्माणका आधारहरु आजका वालवालिका भएको भन्दै शिक्षा आर्जनपछि विदेश जाने परिपाटी अन्त्यका लागि सरकार संवेदनशिल रहेको बताउनुभयो ।
हरेक नेपालीको आर्थिक विकासका लागि उद्यमशिलता आवश्यकता रहेको भन्दै प्रत्येक नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उद्यमशीलता संग जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । अभिभावकका कारण नै छोरा छोरीहरु विग्रन सक्ने भन्दै अभिभावक सजग हुनुपर्ने तिमिल्सिनाको धारणा रहेको थियो । अहिलेको शिक्षा वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने खालको भएको भन्दै यसलाई निरुत्साहीत गर्न सबै लाग्नु पर्नेमा तिमिल्सिनाले जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा सांसद डा.सुर्य पाठक, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बरबहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल बहादुर कार्की लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा जनवादी गायक जीवन शर्माले परिवर्तनका लागि जनताको साथ र नेताहरुको इमान्दार प्रयासमा जोड दिदै सांगितिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यस्तै इन्द्रेणी समुहका संयोजक कृष्ण कंडेलले रेशका भौगोलिक स्थानको नाम सहितको गित प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम काठेखोला गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चित्र बहादुर कार्कीको स्वागत तथा शिक्षक डिल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । शैक्षिक महोत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेको सहयोग गरौं अभियानमा बिहीबार सम्म १ करोड भन्दा बढी रकम संकलन भइसकेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताउँनुभएको छ ।
विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले यही वैशाख ३१ गते देखि सञ्चालित शैक्षिक महोत्सव जेठ ४ गते सम्म चल्ने विद्यालयका प्रधानध्यापक ओम बहादुर थापाले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि करिव डेढ करोड रुपैया“ आर्थिक संकलन गर्ने लक्ष्यका साथ शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ । शैक्षिक महोत्सवमा संकलन भएको रकमले विद्यालयको भौतिक पूर्वाधार, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका आधारभूत आवशयकताहरु परिपूतिका लागि खर्चने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!