पर्वतको जनसेवी र स्याङ्जाको कालीका मर्जर, गौचन अध्यक्ष, बोहरा सीईओ - News site from Nepal
पर्वत-  कालिका लघुवित्त र जनसेवी लघुवित्तले एक आपसमा गाभिन अन्तिम सम्झौता गरेका छन् । मर्जरमा जानका लागि अन्तिम सम्झौता गरेर शुक्रबार दुबै संस्थाले राष्ट्र बैंकमा जानकारी गराएका छन् ।

स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त र पर्वतको कुश्मा केन्द्रीय कार्यालय रहेका यि दुबै संस्थाहरु मर्जर भएपछि संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने भएको छ । मर्जर पश्चात नयाँ बन्ने संचालक समितिको अध्यक्षता साविक जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने छन् भने संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कालिका लघुवित्तका प्रमुख कार्यकारी मिन बहादुर बोहरा रहने छन् ।

विकास गौचन सहित मर्जर पश्चातको सञ्चालक समितिमा कृष्ण खाँण, मेघनाथ सुवेदी, सन्तोष श्रेष्ठ, शान्ता कुमारी उप्रेती, विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सि.ए. अनुराग वाग्ले रहने भएको छन् ।

मर्जर पश्चात पोखरा महा नगरपालिका वडा नं. १० मा रजिष्टर्ड कार्यालय रहने गरि दुवै संस्थाको मर्जर पौष मसान्त भित्र सम्पन्न गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!