
पर्वत- कुश्मा नगरपालिका वडा नं १० पिपलटारी पर्वतको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
गत अार्थिक वर्ष २०७५/७६ मा भएका सम्पुर्ण अार्थिक गतिविधि , विकास निर्माण लगायतका समिक्षा तथा चालू अार्थिक वर्षका योजना कार्यान्वयनका विविध विषय लाई लिएर कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं १० का अध्यक्ष सुजन विक अमरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उठेका विषय तगा सवालमा वडा अध्यक्ष तथा वडा सचिव नारायण लामिछानेले जवाफ दिनुभएको थियो । विगतका वर्ष देखि सुरु भएका योजनाहरुलाई पुर्णता दिंदै वडा नं १० लाई नमुना वडाको रुपमा विकास गर्न रू १ करोडको लागतमा थाउसेखोला – गहतेपोखरा सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने योजना अगाडि वढाईएको बताउँदै शिक्षा, स्वास्थ, खानेपानी , लक्षित समुदाय , क्षेत्रसंग सम्वन्धि विभिन्न सिपमुलक तथा क्षमता विकासका कार्यक्रमलाई यो वर्ष प्राथमिकतामा राखेर अगाडि बढाईएको वडा अध्यक्ष अमरले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नेकपा का जिल्ला कमिटी सदस्य देवीप्रसाद अधिकारी , रामचन्द्र सुवेदी , वडा संयोजक भागिरथ तिवारी, नेपाली काँग्रेस वडा सभापति विष्णुहरी तिवारी , नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी अध्यक्ष भिमराज सापकोटा, लगायतले बोल्नु भएको थियो ।
सामाजिक परिचालक पिताम्वर नेपालीको सञ्चालन रहेको कार्यक्रममा वडा सदस्य दिवाकर तिवारीले स्वागत मन्तब्य राख्नुभएको थियो ।