पर्वत काँग्रेसको जागरण अभियान बाजुङ र शंकरपोखरीमा - News site from Nepal
पर्वत काँग्रेसको जागरण अभियान बाजुङ र शंकरपोखरीमा

पर्वत–नेपाली काँग्रेसले देशव्यापी रुपमा शुरु गरेको राष्ट्रिय जागरण अभियानको दास्रो चरण अन्तर्गत पर्वत क्षेत्र क को अभियान मोदी गाउँपालिकामा पुगेको छ ।
आईतवार मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङमा जागरण अभियानको सम्पन्न भएको हो । पर्वत काँग्रेसको जागरण अभियान बाजुङ र शंकरपोखरीमाजागरण अभियानका प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि तथा पुर्वराज्यमन्त्री चम्पादेवी खडगाले काँग्रेसजनको एकता अनिवार्य हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सो अवसरमा बोल्दै उहाँले काँग्रेसका नेता तथा प्रतिनिधिलाई बाहिरी समाज र सामाजिक सञ्जालमा गालि गर्ने प्रवृति अन्तय हुनुपर्ने बताउनुभयो ।
वडा स्तरमा र जिल्ला स्तरमा पार्टीले सञ्चालन गरेका बैठक,यस्तै जागरण अभियानमा आफ्नो रुष्टता देखाउन सजग गराउँदै,नेता राम्रो गालिले कलाकार राम्रो तालिले भन्ने उक्ति सवैले शिरोधार गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा नेपाली काँग्रेसका माहधिवेशन प्रतिनिधि सिता काफ्ले लामिछानेले काँग्रेसजनले आफैमा गालिगलोज गर्ने प्रवृति अन्त्यहुनु पर्ने बताउनुभएको थियो । दोस्रो चरणको जागरण अभियानका सभाध्यक्ष कृष्ण प्रसाद लामिछानेको सभापत्तिवमा सम्पन्न भएको हो ।
सो अवसरमा जनप्रतिनिधिहरु,काँग्रेसका प्रतिनिधि तथा स्थानीयले काँग्रेसलाई सुझाव दिएका थिए । भने कार्यक्रमको सञ्चालन नेपाली काँग्रस जिल्ला कार्य समितिका सदस्य तथा युवा नेता रामबहादुर प्रसाँई जीवनले गर्नुभएको थियो ।


यसैगरी प्रदेश ख अन्तर्गतको अभियान फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा सम्पन्न भएको छ । अभियानलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारको चर्को आलोचना गर्नुभएको थियो । उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारले अनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारका राम्रा काममा प्रतिपक्षिले पनि साथ दिने बताउँदै समृद्धिको नारा दिएपनि मुलुकलाई अधोगतिमा लैजान थालेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि मेखलाल श्रेष्ठ, जिल्ला सभपाति खिमप्रसाद भुसाल, महासमिति सदस्य गंगाधर तिवारी, प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेताहरु रेखा गुरुङ, हिरामणी सापकोटा लगायतले बोल्नुभएको थियो ।
प्रदेश ख का सभापति क्याप्टेन धनवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन क्षेत्रिय सचिव धर्म भुषालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!