
पर्वत– पर्वत जिल्लातको महाशीला गाउँपालिका वडा नं. ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
(आज) शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको हो । करेण्ट लागेर अर्का स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् । घाईते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाईएको छ ।
महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । घटना स्थलमा लुंखु प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिए।
मृतकहरुको शब पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।