मानव स्वास्थ्यका लागि वातावरणीय स्वच्छता कायम राख्नपर्नेमा मन्त्रीको जोड । - News site from Nepal


माधब पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वातावरण स्वच्छ राख्न नसके मानव जिवन समाप्त हुने खतरा रहेकाले वातावारण जोगाउन सबैमा अपिल गर्नुभएको छ । शनिवार पोखरामा वतावरण विभागको आयोजनामा भएको स्वच्छ वातावरण महाअभियानका लागि अभियान्ता तथा कालाकार सहतिको सडक प्रदर्शनी तथा सरसफाई अभियान सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले स्वच्छ,मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मनै देखि लाग्न आह्वान गर्नुभयो ।


मानव स्वाथ्यका लागि वातावरण स्वच्छ राख्नु अपरिहार्य रहेको बताउदै पछिल्लो समय शहरमा बढ्दै गइरहेको वातावरणीय प्रदूषणका कारण मानवीय स्वास्थ्यमा पनि प्रतिकूल असर पुगिरहेको भन्दै समयमा नै सचेतना अपनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
मानव विकासक्रमसँगै बढ्दो जथाभावी फोहोरका कारण स्वच्छ वातावरण लोप हुन थालेको बताउदै भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबै नागरिकहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।


वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसँग अन्तरसम्बन्ध रहेको चर्चा गर्दै मन्त्री लम्सालले ताल,कुवा तथा पिपल,समि र वरको संरक्षण गरी स्वच्छ हराभरा जिवनको सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।
“मानिस र पिपलको सम्बन्ध नंग र मासुको जस्तै रहेको छ,मन्त्री लम्सालले भन्नुभयो” पिपलको बिरुवाले सबै भन्दा बढी अक्सिजन दिन्छ, त्यसैले जब पिपल जोगिन्छ तबमात्र मानिसको जिवन जोगिनेछ, ।
गण्डकी प्रदेशमा अतुलनीय प्राकृतिक स्रोतको खानी रहेको चर्चा गर्दै मन्त्री लम्सालले संस्कृति र प्रकृति जोगाउन सबैको संकल्प हुनुपर्नेमा जोड दिनुभयो ।
जथाभावी फोहोर बढ्दै जना थालेको,पोखरी पुरिदै जान थालेको,पिपलका बिरुवारु मासिदै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण गर्न नयाँ ऐन ल्याएको तथा स्वच्छ हराभरा अभियान थालेको बताउनुभयो ।
कलाकारहरुको यो अभियानले वातावरण सफा राख्न ठूलो भूमिका खेल्ने उहाँको भनाई थियो ।
सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले हिमाल नांगो हुदै गएको,ताल क्रुप तथा दुषित हुदै गएको,नदि नाला सुक्दै जान थालेको बताउदै स्वच्छ हराभरा वातावरण वनाउन नागरिक स्वयं आफै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । फोहोर गर्ने जोकोही लाई पनि हदै सम्मको कार्बाहीको व्यववस्था हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।


कार्यक्रममा नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर)का कालाकारहरुले ताल, आकाश र वातावरण स्वच्छ राख्नुपर्छ भन्ने मर्मको गित गाउनुका साथै नाच र नाटक प्रस्तुत गरेका थिए । स्वच्छ वातावरण अभियानका लागि आयोजित सडक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमले वायु प्रदूषणबाट हामी कोही पनि सुरक्षित नरहेको र बाटो घाटो,चोक,चौर,ताल,पोखरी, चारै तिर सफा राख्नुपर्ने सन्देश दिएको थियो ।
राष्ट्रिय कलाकारहरुको समेत बजेड प्रस्तुती रहेको उक्त कार्यक्रमको सञ्चालन लोकदोहोरी गायक जिवन दहालले गर्नुभएको थियो ।



प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!