भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै - News site from Nepal
भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाडौं – भियतनाम र कम्बोडियाको एकसाता लामो भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ ।
गत बिहीबार भियतनाम उडेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल साँझ साढे ६ बजे कम्बोडियाबाट काठमाडौं ओर्लनेछ । भियतनामको चार दिने भ्रमण पूरा गरेर उहाँ अस्ति सोमबार कम्बोडिया जानु भएको थियो ।  दुवै मुलुकमा प्रधानमन्त्री तहबाट भएको यो पहिलो औपचारिक भ्रमण हो । सम्बन्ध विस्तार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक हिसाबले भ्रमण अन्त्यन्तै सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली उत्पादनको निर्यातका लागि आफ्नो भ्रमणले आधार तयार पारेको दावी गर्नुभयो । 
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भियतनाम र नेपालबीच सिधा हवाई सेवा सुरु गर्ने सहमति भएको छ । भ्रमण वर्ष २०२० सफल बनाउन भियतनामले लुम्बिनीमा पर्यटक पठाउने प्रतिवद्धता समेत जनाएको थियो ।
भियतनाममा यूएन डे अफ भैषाखलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बौद्ध धर्मबारे बुझ्न नेपाल भ्रमण आवश्यक रहेको भन्दै धर्मावलम्बीलाई आह्वान पनि गर्नुभयो ।  प्रधानमन्त्री ओलीको कम्बोडिया भ्रमणका क्रममा पर्यटन प्रवर्द्धन र व्यापार विस्तार गर्नेबारे सहमति भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!