फलेवासको स्वास्थ्य शिविरमा बिरामीको भिड, एकैदिन साढे नौ सयको उपचार - News site from Nepal

पर्वत– पर्वतको फलेवास नगरपालिका– ५ खानिगाउँमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ ।
फलेवास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा फलेवास–५ खानिगाउंँमा संचालित शिविरको पहिलो दिन साढे नौ सयले उपचार गरेका छन् ।
बृहत स्वास्थ शिविरमा विभिन्न रोगको उपचार गराउन बिरामीहरुको अत्याधिक भिड लागेको छ । शुक्रवार मात्रै ९ सय ५० जना बिरामीले उपचार गराएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । जसमा हाडजोर्नी २५०, मुटुरोग १९०, जनरल मेडिसिन १५५, स्त्रीरोग १४५ जना र बालरोग, नाक, कान घाँटी रोगका बिरामी रहेको उहाँले बताउनुभयो ।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले नगरबासी जनताको स्वस्थ्य हितलाई मध्यनजर गर्दै नगरपालिकाले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको बताउनुभयो । जटिल रोग लाग्नुपुर्व समयमै स्वास्थ्य परिक्षण गरिएमा स्वास्थ्य जीवन जिउन सहज हुने बताउदै नगरबासी हरेक नागरिकको स्वास्थयमा नगरपालिकाले चासो लिएको नगरप्रमुख शर्माले बताउनुभयो ।
आर्थिक अभावमा जटिल रोगको उपचार गराउन नसकेका बिरामीहरुलाई स्वास्थ्य शिविरबाट लाभ मिलेको उहाँले बताउनुभयो । स्वास्थ्य शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम रेग्मी सहित अन्य विशेषज्ञ सहितबाट स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!