कतै तपाई त छुट्नुभएको छैन ? भूकम्प प्रभावित ३२ वटै जिल्लामा चैत १५ बाट छुट सर्वेक्षण हुने - News site from Nepal

काठमाण्डौ – लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गरेका भूकम्प प्रभावितको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । 
भूकम्प प्रभावित ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको हो । चैत १५ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हरेक स्थानीय तहमा तोकिएका इञ्जिनियरबाट स्थलगत लगत संकलन गर्न लागिएको हो ।
लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताको हकमा सर्वेक्षण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिनुभयो । 
घिमिरेका अनुसार छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो । 
सर्वेक्षणको समन्वय गर्नुभएका प्राधिकरणका उपसचिव मनोहर घिमिरेले यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसका लागि ५ सय ५० इञ्जिनियरहरु परिचालन गरिने जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ । गुनासोहरुको छुट तथा पुनः जाँच सर्वेक्षणका लागि प्रशिक्षक प्रशिक्षण समेत सकिएको छ । 
यसअघि २०७४ साउनदेखि कार्तिकसम्म अति प्रभावित १४ जिल्लामा यसप्रकारको सर्वेक्षण गरिएको थियो । प्रभावित १८ जिल्लामा भने पहिलो पटक हुँदैछ । ३२ वटै जिल्लामा गरी २०७६ वैशाख मसान्त सम्ममा सर्वेक्षण सक्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!