बंगालको खाडीको वायुको प्रभाव नेपालमा, देशभर पानी पर्ने - News site from Nepal
बंगालको खाडीको वायुको प्रभाव नेपालमा, देशभर पानी पर्ने

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भई आज पनि विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका केही स्थानमा हल्का पानी परीरहेको छ। काठमाडौँ उपत्यमा पनि वर्षा भइरहेको छ।
आज दिनभरि देशका धेरैजसो स्थानमा आंशिकदेखि समान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। यस्तै आज राति देशभर सामान्य बदली हुनेछ।
केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। राति पूर्वी तथा मध्य भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!