पर्वतको महाशीलाका प्रवक्ता ठकुरीले गरे सार्वजनिक सुनुवाई, सवै काममा पारदर्शिता - News site from Nepal

पर्वत–पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीले सार्वजनिक सुनुवाई गरेको छ । आज वडा कार्यालयमा आम सरोकारवालाहरुलाई डाँकेर वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको हो ।
आर्थिक वर्ष २०७५÷०७६ को खर्च, योजना तथा आगामी रणनीतिका बारेमा सर्वसाधारणहरुलाई जानकारी दिईएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो । उहाँले वडामा प्राप्त भएको बजेटबाट भएका काम र त्यसले वडाको विकासमा भएका परिवर्तनका बारेमा जानकारी दिनुभयो ।
वडाध्यक्ष ठकुरीले महाशिला गाउँपालिकाले शुरु गरेको एक घर एक टनेल, बाँदर नियन्त्रण, महाशिला स्वयंसेवक कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रमले परिवर्तनका धेरै संकेत देखापरेको बताउनुभयो । हिजो भन्दा आज लुँखुदेउरालीमा सडक बिस्तार भएको र सहज भएको, महेन्द्रोदय माविमा प्राविधिक शिक्षा शुरु भएको, प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा बढेको, कृषकहरु व्यवसायिक बनेको, सडकबत्ती जडानको काम थालिएको, सबै घरमा खानेपानी र सरसफाईको पहुँच पुगेको, वालमैत्री वडा र मदिरा निषेधित वडा घोषणाको चरणमा पुगेको बताउनुभयो ।
ठकुरीले सर्वसाधारणहरुका जिज्ञाशाहरुको जवाफ दिँदै वडाको विकासमा जनसहभागिता बढाएको, वडामा सबैको सुझाव लिएको, सबै राजनीतिक दलहरुलाई समान व्यवहार गरेको, दलित, जनजाती, महिला, जेष्ठ नागरिकहरुको उत्थान र विकासमा वडाले बिशेष ध्यान दिएको बताउनुभयो ।
कार्यक्रममा विभन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्था, आमा समुह, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!