सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर काम गर्छु – सिडीयो घिमिरे - News site from Nepal

पर्वत / भर्खरै मात्र सरुवा भई पर्वत जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले नवआगन्तुक प्रजिअ घिमिरे संग राखेको परिचयात्मक कार्यक्रममा बोल्दै सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
प्रजिअ घिमिरेले शान्ति सुरक्षा, शुसासन र दिगो तथा प्रभाबकारी बिकास हरेक प्रशासकका प्रथामिकता भएको प्रकाश पार्दै आफुँले पनि सोही प्राथमिकताका आधारमा काम गर्दै दाबी गर्नुभयो । उहाँले एक व्यक्तिको प्रयासले मात्र समग्र जिल्लाको शान्ति र सुशासन स्थापना हुन नसक्ने भन्दै सबैको साथ र सहयोग रहेमा जिल्लाको शान्ति र सुव्यवस्थाका लागि आफूले कसैसँग कुनै सम्झौता नगर्ने दावी गर्नुभयो । ‘शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै पनि तत्व संग सम्झौता हुँदैन’ उहाँले भन्नुभयो ‘सबैको सहयोग र सहकार्यमा मात्रै यसलाई कार्यान्वयन गर्न संभब छ’
उहाँले पर्वत जिल्लामा राष्ट्रिय गौरबका आयोजनाहरु रहेकोले निर्वाध रुपमा बिकास आयोजनाहरु कार्यान्वयन गर्ने तर्फ आफ्नो ध्यान जाने स्पष्ट पार्नुभयो । जिल्ला आउने क्रममा नै केही आयोजनाहरुमा रहेको अबरोध फुकाउने प्रयास गरेको बताउँदै आयोजना तथा बिकास निर्माणका सबै कामको मासिक प्रगति समिक्षा गरेर प्रभाबकारी रुपमा काम अघि बढाउने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पुर्ब अध्यक्ष ओमप्रसाद घायल, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश पौडेलले सञ्चार क्षेत्रले सुशासन, जनमैत्री प्रशासन र बिकास निर्माणका योजनाहरुको प्रभावकारि तथा पारदर्शी ढंगले कार्यान्वयन गर्ने कुरामा सधै सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सहायक प्रजिअ छबिलाल सुबेदीले पनि बोल्नुभएको थियो ।

नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतको स्वागत

यसैबिच नव आगन्तुक प्रजिअलाई नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतले पनि स्वागत गरेको छ । स्वागत कार्यक्रममा पर्वतका सबै नागरिक र राष्ट्रसेवकहरु आफ्नाप्रति समान रहने र सेवाप्रवाहमा कुनै विभेद नहुने प्रजिअ घिमिरेले प्रष्ट पार्नुभयो । नेपाल निजामति कर्मचारी युनियन संघले आज जिल्लामा स्वागत गरेको छ । प्रजिअलाई स्वागत गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारीले जिल्लाको शान्ति, सुशासन र जनमुखी कार्यसम्पादन गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्माले प्रजिअको पर्वत बसाई सबै पर्वतबासीका लागि स्मरणीय हुने अपेक्षा गर्नुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्यहरु कमल पौडेल र तेजेन्द्र पौडेल, आधिकारीक टे«ड युनियन महासंघका जिल्ला उपाध्यक्ष राम शर्मा लामिछाने, कर्मचारी युनियन संघका उपाध्यक्ष लिला गौतम र केन्द्रीय प्रतिनिधि बालकृष्ण शर्मा लगायतको सहभागिता रहेको थियो ।
यसैगरि नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतले हालैमात्र विभिन्न जिल्लाबाट सरुवा भई पर्वत आउनु भएका नेपाल निजामति कर्मचारी युनियन संघमा आवद्ध व्यक्तिहरुलाई आजै एक कार्यक्रमका बीच स्वागत गरेको छ ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!