बिहादी गाँउपालिकामा बन्यो मकै ब्लक संचालन समिति - News site from Nepal
बिहादी गाँउपालिकामा बन्यो मकै ब्लक संचालन समिति


पर्वत बिहादी
बिहादी गाँउपालिकामा रिसीराम भुषालको संयोजकत्वमा १० सदस्य मकै ब्लक संचालन समिति बनेको छ । बिहादी गाँउपालिकालाई प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना अन्तर्गत मकै र धान ब्लक क्षेत्र घोषणा गरे सँगै मकै ब्लक क्षेत्रको काम गर्न भुषालको संयोजकत्वमा समिति बनेको हो । समितिको उपसंयोजकमा विष्णु प्रसाद भुषाल, सचिवमा दुर्गा राना र सहसचिवमा लिलाधर आचार्य रहनुभएको छ ।
सदस्यहरुमा अनिल मास्के,कोपिला पराजुली,टिकाराम भुषाल,दुर्गा भुषाल,जित बहादुर नेपाली,ज्ञानु गिरी लगाएत रहनुभएको छ ।
जिल्लामा उक्त परियोजनाअन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट र ब्लक) वृद्धि गर्ने, व्यावसायिक कृषि उत्पादन,प्रशोधन केन्द्र र सुपरजोन विकास गर्ने लक्ष्य रहेको वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।
बिहादी गाँउपालिकाको भूगोल, हावा पानी र सम्भावनालाई मध्यनजर गरी मकै,धान र सुन्तलाको अलग–अलग जोन क्षेत्र निर्धारण गरिएको जनाइएको छ ।
विहादी गाँउपालिकाको बाच्छा,बराचौर,रानिपानी,वहाकीँको तल्लो तटिय क्षेत्रलाई समेटेर धान ब्लक क्षेत्र र उपल्लो क्षेत्रलाई समेटेर मकै ब्लक क्षेत्र घोषणा गरिएको छ भने उरामको गेप्ताङलाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।
सुन्तला जोनको संयोजकमा धन ब. थापा,उपसंयोजकमा किरण थापा,सचिवमा कुमारी थापा,सहसचिवमा रेशम थापा, रहनुभएको छ भने सदस्यहरुमा चन्द्री राना,मेख ब.थापा,डिक प्रसाद थापा,आशा थापा,रेण ब.थापा रहनुभएको छ ।
धान ब्लक संचालन समिति केही दिन भित्रमानै गठन गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!