उपराष्ट्रपति पुनद्धारा मुलुककै अग्लो कुश्मा–कैया झोलुङ्गे पुलको अबलोकन - News site from Nepal

पर्वत– उपराष्ट्रपति नन्द किशोर पुनले सोमवार दिउँसो पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुल अवलोकन गर्नुभएको छ ।
जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजित प्रथम जैमिनि महोत्सव उद्घाटनकमा लागि पर्वत आउनुभएका पुनले मुलुककै अग्लो कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा पैदलनै हिडेर कालीगण्डकी नदि तर्नुभएको हो ।
जैमिनी नगरपालिकाको सहयोगमा स्थानीय क्लवद्धारा आयोजित महोत्सवमा माघे संक्रान्तिको अवसरमा मंगलवार हुने विशेष समारोहको उद्घाटनका लागि आउनुभएका उपराष्ट्रपति पुन पर्वतमा रहेको शसस्त्र प्रहरी बलको चण्डिका गणमा केहि समय विश्राम गरेपछि पुल अबलोकन गर्नुभएको हो ।
उहाँ आज जैमिनी नगरपालिकाको कुश्मिशेरामै बास बस्नुहुनेछ । प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा विशेष मेला लाग्ने उक्त स्थानमा हजारौ दर्शकहरुको भिड लाग्ने गर्दछ । महोत्सवमा खेलकुद सहित विभिन्न सांस्कृति कामहरु संचालन हुनेभएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारलाई छिमेकी जिल्ला बागलुङ र पर्वतकै ग्रामीण क्षेत्र जोड्नका लागि चार वटा अग्ला र लामा पुल निर्माण भएका छन् । पुल अबलोकनका लागि स्वदेशि तथा विदेशी पर्यटकहरुको समेत भिड लाग्ने गर्दछ ।
स्थानीय सहारा क्लवको आयोजनामा संचालित उक्त महोत्सव माघ तीन गतेसम्म संचालन हुने भएको छ । उपराष्ट्रपति पुनको आगमनसँगै पर्वत सदरमुकाम र बागलुङको बलेवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत सुरक्षा निकायवाट यस क्षेत्रका बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!