पर्वतको लिमिठानामा २६ बर्षिय युवा मृत फेला - News site from Nepal
पर्वतको लिमिठानामा २६ बर्षिय युवा मृत फेला

पर्वत– पर्वतको फलेवास नगरपालिका ७ चिर्दिखोलामा एक २६ बर्षिय युवा मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका ७ स्थित लिमिठाना घर भएका २६ बर्षिय डिलबहादुर नेपाली शनिबार विहान मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयबासीहरुले मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वत र फलेवास प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा शनिबार नै ल्याइएको छ । आइतबार पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।
मृतक नेपाली लामो समयदेखि हिस्टेरिया रोगबाट ग्रसित रहेको र अत्याधिक रुपमा मादक पदार्थ सेवन गर्दै आएकाले मृत्युको कारण पनि त्यही हुन सक्ने आशंका गरिएको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!