पर्वत– प्रतिनिधि सभाका सांसद पदम गिरीले सरकारले मुलुकको चौतर्फी विकासका लागि रफ्तारमा काम गरिरहेको बताउनुभएको छ ।
पर्वतको फलेवासमा जारी बृहद सांस्कृतिक तथा व्यापारिक मेलालाई सम्वोधन गर्दै सांसद गिरीले स्थायी सरकार आएसँगै धेरै कामहरु अघि बढेको बताउनुभयो । उहाँले सडक, खानेपानी, पुल पुलेसा, विद्यूत लगायतका क्षेत्रमा आमुल परिवर्तन आइसकेको बताउँदै अझै बाँकी तीन वर्षमा चमत्कारीक विकास गरिने बताउनुभयो ।
सांसद गिरीले पर्वत जिल्ला पनि विकास निर्माणले गति लिँदै गएको बताउनुभयो । अहिले हेर्ने हो भने जिल्लाका सातवटा स्थानीय तहमा विकास निर्माणका काम नभएको कुनैपनि वठा बाँकी नरहेको बताउँदै गिरीले पाँच वर्ष भित्रमा जिल्लाका मुख्य सडक कालोपत्रे हुने, घरघरमा खानेपानीका धारा हरेक घरमा विस्तार हुने बताउनुभयो ।
उहाँले विकास निर्माणका काम आजको भोली सम्पन्न नहुने बताउँदै धैर्यता गर्न आग्रह ग र्नुभयो । सांसद गिरीले फलेवास नगरपालिका ठुलो इतिहास बोकेको क्षेत्र भएको बताउँदै यो क्षेत्र विकास निर्माणका दृष्टिले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालभित्र फलेवासका अधिकांस वाटा कालोपत्रे गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सांसद गिरीले सरकारले थुप्रै काम अघि बढाएको भएपनि विगतमा केहि गर्न नसक्ने शक्तिले बिरोध गरिरहेको बताउनुभयो । उहाँले नेकपाकै नेतृत्वको सरकारले मुलुकको भविष्य परिवर्तन गर्ने बताउँदै सरकार त्यसैका निम्ति दिर्घकालीन योजनाका साथ अघि बढेको बताउनुभयो ।
स्थानीय युनाईटेड क्लवले आयोजना गरेको मेलाको दशौ दिनमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शनिवार कलाकार दुर्गेश थापाको विशेष प्रस्तुती रहेको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, फलेवासका मेयर पदमपाणी शर्मा, नेकपाका नेताहरुले पनि सम्वोधन गर्नुभएको थियो ।