निर्वाचन हारेपनि एनआरएनएको अभियानवाट बिचलित हुँदिन ः कुल आचार्य - News site from Nepal

पर्वत- गैह्र आवासीय नेपाली संघ एनआरएनका सल्लाहाकार कुल आचार्यले प्राविधिक कारण आफु एनआरएनको चुनावमा पराजित भएपनि हरेकको मनबाट भने विजयी भएको बताउनुभएको छ ।

पर्वतको कुश्मामा शुक्रवार जिल्लावासीहरुलाई भेटघाटको क्रममा आउनुभएका आचार्यले पत्रकार सम्मेलन मार्फत आफ्ना भनाई सार्वजनिक गर्नुभएको हो । एनआरएनको अभियान पदमा हुँदा र नहुँदा पनि निरन्तर सञ्चालन गर्न सकिने अभियान रहेको उल्लेख गर्दै एनआरएनएको अध्यक्ष पदमा पराजित उम्मेदवार आचार्यले आफु अभियानबाट बिचलित नभई थप दृढताका साथ लागिपरेको बताउनुभयो । पर्वतको धाईरिङमा आयोजित गौ महोत्सवमा सहभागी भएर फर्किनुभएका आचार्यले पर्वतलाई धार्मिक र पर्यटकिय हिसावले धेरै विकास गर्ने आधार रहेको समेत उल्लेख गर्नुभयो ।

आफु निरन्तर जिल्लाको समग्र विकासको अभियानमा साथ र सहयोग गर्ने शिलशिलामा रहेको भन्दै आचार्यले पर्वतलाई विश्वभर चिनाउने अभियान देखि सामाजिक सेवामा पनि सक्रिय रहेको बताउनुभयो । पर्वतको शिवालय माविमा रहेको दृष्टिविहिन छात्रावासमा पुगेर यहाँ आश्रित बालबालिका संग पनि आचार्यले भेट गर्नुभएको छ । अन्तराष्ट्रिय पर्वत समाजको तर्फबाट दृष्टिविहिन छात्रावासका विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहयोग पु¥याउन अक्षयकोष सञ्चालन गरिएको छ । अक्षयकोषले विद्यार्थीलाई पुगेको सहयोगको बारेमा आचार्यले जानकारी लिनुभएको छ ।

पत्रकार सम्मेलनमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले पर्वतको समग्र विकासमा एनआरएनएको महत्वपूर्ण सहयोग भैरहेको बताउनुभयो । विकासका हरेक कुरामा सबैले हातेमालो गर्नुपर्नेमा मल्लले जोड दिनुभयो । कालञ्जर र जलजलाको विकासमा विभिन्न योजना बनाएर काम शुरु भएको पनि अध्यक्ष मल्लले स्पष्ट पार्नुभयो ।

पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पत्रकार महासंघले गरिरहेको गतिविधिका बारेमा जानकारी दिँदै आचार्यलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!