पर्वत–पर्वतको कुश्माबजारमा संचालित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमल भुषालको अध्यक्षता र संस्थापक अध्यक्ष विकाश गौचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा गौचनले सहकारीलाई केबल नाफा आर्जनमा मात्र सिमीत नराखि सामाजिक क्षेत्रमा पनि योगदान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका संस्थापक सदस्य तथा व्यवस्थापक अर्जुनकुमार श्रेष्ठले संस्था स्थापना, चुनौती र आजको अबस्था बारेमा सबै शेयर सदस्यहरुलाई जानाकारी दिनुभएको थियो ।
कमला पन्त सुबेदीको स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको संचालन तथा संस्थाको स्थापना काल देखि हाल सम्मको अबस्था बारे सचिव चन्द्रबहादुर क्षेत्रीले प्रकाश पार्नु भएको थियो ।
६ सय ७१ जना शेयर सदस्य रहेको उक्त सहकारीको चुक्ता पुँजी ३ करोड७२ लाख ३६ हजार, बचत संकलन २१ करोड र लगानी १४ करोड ५ लाख रहेको छ ।