कहाँ गईन होला ? पाँच महिनाकी गर्भवती महिला दश दिनदेखि वेपत्ता ! - News site from Nepal

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ माईती भई म्याग्दीको बेनी नगरपालिका वडा नं. ८ मा बिहेवारी गरेकी एक गर्भवती महिला विगत दश दिनदेखि वेपत्ता भएकी छिन् ।
स्थानीय शंकर रत्नकी १८ वर्षिया पाँच महिनाकी गर्भवती श्रीमती मनिशा रत्न परियार भदौ १८ गते रातीदेखि म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको घरवाटै वेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालीका तीजका लागि माईतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिईन । घर फर्किएको साँझ साढे सात वजेदेखि सम्पर्क विहीन भएको उनका श्रीमान शंकर रत्नले जानकारी दिए ।
माईत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिशाकी आमा सिर्जना र ठुलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफु फर्किएर पाङ आईपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राती साढे सात बजेको समयमा फोन गर्दा श्रीमानले उठाएको र त्यसपछि साँझ देखिनै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताईन ।


सिर्जनाका अनुसार घरमा पटक पटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राती श्रीमान शंकरले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्ष अघि भागेर शंकरसँग प्रेम विवाह गरेको बताईएको छ । राती भात र दालको झोलसँग खाना खाएपछि घरवाट ब्लाउज सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले वेपत्ता बनेकी मनिषाको खोजी कार्य भैरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले वेपत्ता महिलाको खोजी कार्य तीब्र पारिएको भएपनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिए । उनले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सवै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजी कार्य अझै जारी रहेको जानकारी दिए ।
यता मनिषाका माईती पक्षले छोरीको अवस्था प्रति गम्भीर हुन माग गरेका छन् । उनिहरले घर पक्ष र प्रहरीसँग खोजीकार्यलाई जोड दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!