‘पञ्चासे पिता’ गुरुङ्गको उपचारका लागि हङकङबासीको सहयोग - News site from Nepal
‘पञ्चासे पिता’ गुरुङ्गको उपचारका लागि हङकङबासीको सहयोग

पर्वत / धार्मिक र पर्यटकीय क्षेत्र पञ्चासेको संरक्षण र प्रर्बद्धनमा जीवन बिताएका ‘पञ्चासे पिता’समाजसेवी गोपाल गुरुङ्गको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर घर हुनेहरुको संस्था आर्थरडाँडाखर्क सहयोग समिती हङ्गकङ्ग तथा आर्थरडाँडाखर्क चेलीबेटी समुह हङ्गकङ्गले स्वास्थ्य उपचारका लागि ८ लााख १८ हजार १ रुपैंया आर्थिक सहयोग गरेको हो ।
साबिक आर्थर डाँडाखर्क गाउँ बिकास समितिका पुर्व अध्यक्ष तथा समाजसेवी गोपाल गुरुङ लामो समय देखी अस्वस्थ भइ उपचारमा रहनु भएकाले उहाँको उपचारमा सहयोगका लागी आर्थिक सहयोग गरिएको आर्थरडाँडाखर्क सहयोग समिती हङ्गकङ्गका अध्यक्ष मनोज गुरुङ्गले जानकारी दिनुभयो ।
दुबै संस्थाले संयुक्तरुपमा संकलन गरेको सहयोग रकम एक कार्यक्रमका विच संस्थाका अध्यक्ष मनोज गुरुङ, सल्लाहकार इन्द्र गुरुङ तथा पुर्व डिएसपी नरबहादुर गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । पञ्चासे पिता गुरुको ललिटपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भैरहेको छ । सो अवसरमा समितीका अध्यक्ष मनोज गुरुङ सहित टोलीले उहाँको शिघ्र स्वास्थ्यलाभाको कामना समेत गरेको थियो । सहयोग रकम बुझेपछी अत्यन्त भावुक हुँदै गोपाल गुरुङले आफुलाइ सम्झिएर सहयोग गरेकोमा दुबै संस्थालाई धन्यवाद समेत दिँदै सवैलाइ सामाजिक सेवामा लाग्न आग्रह गर्नभयो । सो सहयोग रकम संकलन गर्न समीतीका पुर्व अध्यक्ष श्यामप्रसाद गुरुङ्लाई संयोजक बनाएको थियो । आफ्नु सम्पुर्ण जीवन गाउँ र पन्चासेको बिकासमा समर्पित गर्नु भएका समाजसेवी गुरुङ्ग बिगत तीन देखि गम्भीर खालका रोगबाट ग्रसित हुनुहुन्छ । उहाँ पन्चासे क्षेत्र बिकास समितिको लामो समय अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो । पञ्चासेमा पर्यटकका लागि पुर्वाधार निर्माण गरि अहिलेको विकसीत पन्चासे तथा आर्थरडाँडाखर्क गाउँलाई बिकासमा अघि ल्याउनका लागि उहाँको महत्वपुर्ण भुमिका रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!