लायन्स कलव अफ पर्वत चौतारीको पाचौ अधिवेसन सम्पन्न, अध्यक्ष बने लामिछाने - News site from Nepal

पर्वत-लायन्स कलव अफ पर्वत चौतारी पर्वतको छैठांै साधारण सभा तथा पाँचौ अधिवेसन  शुक्रवार एक समारोह विच सम्पन्न भएको छ । पाँचौ अधिवेसन वाट टंकनाथ लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ ।
लायन्स कलव अफपर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को चिफ एडभाईजर काशि कुमार जोशि रहनुभएको थियो । जोशिले समाजमा लायन्सले महत्तवपुर्ण भुमिका खेलेको भन्दै निस्वार्थ भावले सेवा गर्न सवैलाई आग्रह गर्नुभयो । विशिष्ठ अतिथि संस्थाका संथापक अध्यक्ष परशुराम पुरी ले आफुले देखेको सपना अवको नयाँ नेतृत्वले पुरा गर्नेमा विश्वस्त रहेको वताउनुभयो ।
रिजनल चियर प्रसन सरस्वाति भण्डारी,जोन चियस प्रसन अजिता शर्मा लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव जानकी शर्मा ले गर्नुभएको थियो । नव निर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष निर्मल प्रधान,दितिय उपाध्यक्ष यम प्रशाद शर्मा,तितृय उपाध्यक्षमा जानाकी शर्मा,सचिव राजेश पौडेल, सह सचिवमा रमेश तिवारी,कोषाध्यक्षमा वल वहादुर पाठक,टेल टुईटरमा ओमकार श्रेष्ठ,यम यम सि मा गिरी वहादुर भण्डारी तथा कलव मार्केटीङ्ग चियर प्रसन धनपति आर्चाय रहनु भएको छ । 
आगामि कार्यकालमा थप नया कार्यक्रम सम्पन्न गरि लायन्सको नाम उचाईमा पु¥याउने प्रतिवद्धता नव र्निवाचित पदाधिकारी हरुले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!