‘एकान्तवास’मा नेकपा अध्यक्ष प्रचण्ड - News site from Nepal
‘एकान्तवास’मा नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहित राजनीतिक दस्तावेज तयारीमा जुटेका छन्।
पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबजे पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थानीय समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समित बैठक टर्दै आएको समाचार कान्तिपुर दैनिकमा छ।
दाहालले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टा छुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन्। प्रचण्डले तयार गर्ने प्रस्तावित कार्ययोजना अर्का अध्यक्ष ओलीलाई देखाएर परिमार्जन गरिसकेपछि मात्रै स्थायी समितिमा पेस गर्ने तयारी छ। स्थायी समिति बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पोलिटब्युरो गठनको प्रस्ताव राख्ने तयारी गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!