यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची - News site from Nepal
यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची

काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्।
उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गर्ने छन्।
त्यसलगत्तै सी र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको छ।  प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ। भेट लगत्तै द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिऐका छ।
आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ।  चिनियाँ राष्ट्रपति सी ले शनिबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका। यस्तै, प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!