संघीय समाजबादी पार्टी पर्वतमा किचलो, प्रदेश सांसद आचार्यसहितलाई कारवाहीको माग - News site from Nepal

पर्वत– डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी पार्टी पर्वतमा किचलो देखिएको छ ।
विहीवार एकता भएको भन्दै नयाँ जिल्ला कार्यसमिति निर्माण गरेपछि किचलो देखिएको हो । बिहीवार कुश्माबजारमा भएको भेलाले गोपाल भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको थियो । तर दुई दल एकतापछि तोकिएका जिल्ला अध्यक्ष यामबहादुर चोचाङ्गी पुन नविन र सचिब समुन्द्र गिरीले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरि पार्टीको नीति तथा अनुशासन विपरित केहि व्यक्तिले समिति निर्माण गरी घोषणा गरेको हँुदा उक्त समिति अबैधानिक रहेको स्पष्ट पारेको छ । उक्त कार्यक्रम र कमिटि अवैधानिक र पार्टीको निति संगठनात्मक सिद्धान्त र अनुशासन विपरित रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टीको आधिकारीक निर्णय बिना कार्यक्रममा संलग्न हुने पूर्व नयाँ शक्ति पार्टीका जिल्ला सदस्य ओम भण्डारी र कमल लामिछानेलाई निलम्वन गरिएको जानकारी समेत विज्ञीप्तिमा उल्लेख गरिएको छ भने नीति र अनुशासन विरुद्ध गुटबन्दी गर्दै हिडेको भन्दै केन्द्रीय सदस्य हरिशरण आचार्य, महेन्द्र जंग लामिछाने, प्रदेश सदस्य सुनिल पौडेल र देविकुमारी क्षेत्रीलाई कारवाहि गर्न समाजवादी पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय समिति समक्ष सिफारीस गरिउको छ ।
विज्ञप्तीमा २०७६ साल भाद्र २१ गते बनेको यामबहादुर चोचाङ्गी पुन अध्यक्ष र समुन्द्र गिरी सचिब रहेको कार्यसमिति नै आधिकारीक भएको भन्दै भ्रममा नपर्न आग्रह गरिएको छ ।
बिहीवार प्रदेश सांसद हरिशरण आचार्यको विशेष उपस्थितिमा भएको भेलाले
गोपाल भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको थियो । जसको उपाध्यक्षमा प्रेम बहादुर बि.क, महिला उपाध्यक्षमा राम कुमारी तामाङ, सचिवमा कमल लामिछाने, सहसचिवमा सोमनाथ बि.क. र कोषाध्यक्षमा डिल बहादुर नेपाली रहेका छन् । सदस्यहरुमा प्रदिप लामिछाने, कालिका केसि, निरु बिक, खुम बहादुर बिक, सागर सुवेदी, देबि कुमारी गौतम, सुनिल पौडेल, रन्जित बिक, भिक कला नेपाली, लक्ष्मी केसि लगायतलाई चयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!