पर्वत काँग्रेसको जागरण जलजलाको लेखफाँटमा - News site from Nepal
पर्वत काँग्रेसको जागरण जलजलाको लेखफाँटमा

पर्वत–नेपाली काँग्रेस पर्वतले शुरु गरेको दोस्रो चरणको जागरण अभियान आज पर्वतको जलजला गाउँपालिका–५ लेखफाँटमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका कार्यकर्ता सँगै स्थानीयवासीको उपस्थिती रहेको कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेसले संचालन गरेको दोस्रो चरणको जागरण अभियान सफल भएको बताउनु भएको छ । उहाँले पहिलो चरणको जागरण अभियानमा पार्टीका नेता तथा कार्यकर्ता मात्र सहभागी भएको जिकिर गदै दोस्रो चरणको जागरण अभियानमा स्थानीयवासीको पनि साथ मिलेको दावी गर्नुभयो । दोस्रो चरणको जागरण अभियान सरकारका गलत गतिबिधी एवं भ्रष्टाचारका बारेमा स्थानीय नागरिकसमक्ष जानकार गराउने प्रमुख एजेण्डा रहेको जोशीको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले बहुमत प्राप्त सरकार जनचाहना अनुरुपका विकास नगरी गलत बाटोमा डिँडेको बताउनुभयो । नेता जोशीले वाईडबडी काण्ड, निर्मला बलात्कारपछिको हत्या काण्ड, ३३ किलो सुन, एनसेन प्रकरणलाई सरकारले नै सार्वजनिक गर्न नचाहेको बताउदै सरकार दिनप्रतिदिन अलोकप्रिय बनेको आरोप लगाउनु भयो ।
केन्द्रिय प्रतिनिधी एवम् पूर्व राज्य मन्त्री चम्पादेवी खड्काले पार्टीभित्र रचनात्कमक बिचार विमर्शका लागि गुटउपगुट आवश्यक रहेको बताउदै अस्वस्थ्य गुपउपगुटको अन्त्य गर्दै लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै कांग्रेसजनहरु एक हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । साथै उहाँले धेरै सुन्ने र थोरै बोल्ने अभियानको मुल उदेश्य रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिताकाफ्ले लामिछाने, नेपाली काँग्रेस जलजला गाउँपालिका संयोजक चन्द्रवहादुर जिसी , जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिष्म मल्ल, प्रदेश क का क्षेत्रिय सचिव कृष्णप्रसाद लामिछाने, क्षेत्रिय सहसचिव जितवहादुर पुन,वडा नम्वर ५ का वडा सभापति हरिप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो । प्रदेश क का क्षेत्रिय सचिव कमल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वडा नम्वर ६ का सभापती बलवहादुर पुन र कार्यक्रमको संचालन क्षेत्रिय सदस्य विप्लव हमालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!