पोखरामा ट्होटेको रौनक, गुरुङ जातिको पहिचान छुटै प्रकारको छः मन्त्री लम्साल - News site from Nepal

पोखरा
मंगलबार पोखराका सडक गुरुङ समुदायका केटाकेटीदेखि बुढाबुढीसम्मले भरिए । जातीय पोसाक र बाजागाजासहित सडकमा उत्रिएका उनीहरुले सडक छपक्कै छोपेका थिए ।
ट्होंटे पर्वको अवसरमा हजारौंका संख्यामा त्यसरी सडकमा निस्किएका उनीहरुको पोखरा महेन्द्रपुल, न्यूरोड हुँदै तमु धिंमा नाच्दै गाउँदै पुगे ।
। ट्होटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये प्रमुख मानिन्छ । यो वर्ष उभौली र उधौली गरी वर्षमा २ पटक मनाइन्छ । चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ ।
यसपटकको उधौली ट्होंटे पनि पोखरामा धुमधामले मनाइएको छ । टोल–टोलबाट झाँकीसहित गुरुङ समुदाय निस्किए । तमु धिं नेपालको आह्वानमा टोल–टोलबाट विभिन्न गुरुङ संगठनका ब्यानर, झाँकीसहित गुरुङ समुदाय जातीय पोसाक तथा विभिन्न जनावरदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखराका सडकमा निस्किए ।
गुरुङ समुदायका विभिन्न हातहतियार, बाजा बजाउँदै झिलीमिली पोशाकमा बालबालिका, किशोरकिशोरीदेखि बुढापाकासम्र्म यालीमा सहभागी बने ।

‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका साथ तमु धिं नेपालले पोखराको नयाँ बजारमा आयोजना गरेको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ट्होटे पर्वले सवै नेपाली वीच वन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल वनाउन सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे । बहुभाषिक,बहुसांस्कृतिक देशका रुपमा परिचित नेपालको विविधता भित्र एकतानै मुख्य पहिचान तथा बिशेषता भएको बताए ।
करिब २ घण्टा पैदलयात्राको ¥यालीमा सहभागी समेत बनेका मन्त्री लम्सालले अरु जातिको तुलनामा गुरुङ जातिको पहिचान छुटै प्रकारको रहेको चर्चा गरे । गुरुङ जातीको संस्कृतिले समग्र नेपालको पहिचान समेत दिलाउन सफल भएको बताए ।
“रोधीँ घर, मारुनी नाच,घाटु नाच,सोरठी नाच,सालैजो,ठाडो भाका लगाएतका तमू लोक संस्कृतिहरुले समग्र नेपालको पर्यटनको छवि बढाएको छ,मन्त्री लम्सालले भने”बिभिन्न किसिमका नेपाली कला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले बिदेशीहरुलाई समेत लोभ्याएको पाईन्छ ।
नेपालको सम्पूर्ण मौलिक कला र संस्कृति संरक्षण गर्नु सबैको दायित्व भएको बताउदै आपmनो संस्कृतिलाई अगाडि बढाउनका लागि सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उनको भनाई थियो । ‘हामी संस्कृतिमा धेरै नै धनी छौँ,ती सबै संस्कृतिहरूलाई प्रवद्र्धन गर्ने, र तीनै संस्कृतिको माध्यमबाट नेपालको आर्थीक समृद्धि कोर्न सकिने बताए ।
तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्रो अफ कोवन लण्डन बेलाएतका उपमेयर लक्षु गुरुङ, प्रमुख जिल्ला अधिकारी चक्र ब.बुढा,आदीवासी जनजाती कास्कीका अध्यक्ष धर्म गुरुङ, तमु धिं नेपालका उपाध्यक्ष होम गुरुङ लगाएतले बोलेका थिए ।

ट्होंटेमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँडा, भालालगायतका विशेष हतियार लिएर ढ्याङ्ग्रो, छेलीलगायत बाजा बजाई नाचगान गर्ने चलन छ ।
संस्कृतिकर्मी जगमान गुरुङका अनुसार ट्होटें दुई शब्दबाट बनेको हो । ट्हो को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइँदै आएको छ ।
भूत, प्रेम, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari